0 COMMENTS

वैशाख ५, काठमाडौँ । सुदूर-पश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । सुदूर-पश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका हुन् ।

प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि यसअघि परेका दुवै दाबी अस्वीकृत गर्दै भोलिसम्मको समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन्  । सुदूर-पश्चिमको मुख्यमन्त्रीमा आइतवार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा तथा नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले माओवादी र एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मुख्यमन्त्रीले दुवै दाबी अस्वीकृत गरेपछि सत्तारुढ गठबन्धनको सहमतिअनुसार एकीकृत समाजवादीका सोडारीले अर्को दाबी पेश गर्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।