0 COMMENTS

चैत २८, काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा विजयी बनेकी विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रिय सभामा बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनकी एमालेबाट उम्मेदवार बनेकी घिमिरे निर्वाचित भएकी थिइन् । लगत्तै राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष पद तथा तथा गोपनीयताको शपथ लिएकी छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।