0 COMMENTS

चैत २८, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् । कँडेललाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा मंगलबार दाबी पेश गरेका थिए ।

कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदकाे आवश्यकता पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।