0 COMMENTS

चैत २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्वद्ध राष्ट्रिय उद्योग तथा व्यापार संघ काठमाडौँको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सम्पन्न उक्त भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय काठमाडौँ जिल्ला कमिटी निर्माण गरेको छ ।

राष्ट्रिय उद्योग तथा व्यापार संघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला इन्चार्ज पुष्कर, क्रान्तिकारी ट्रेड युनियन महासंघका सह-संयोजक ईश्वर तिमल्सिनाको बिशेष आथिथ्यता रहेको थियो । उक्त भेलामा अन्य अतिथिहरूमा प्रकाश, बालकृष्ण र ठाकुर तिमल्सिना रहेका थिए ।

भेलाको अध्यक्षता नवराज ढकालले गरेका थिए भने सञ्चालन भिम तामाङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।