0 COMMENTS

चैत २४, काठमाडौँ ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रदेश ३ को आयोजनामा काठमाडौंमा ३५ औँ जनआन्दोलन दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको विरोध र्याली पुरानो बसपार्क, भद्रकाली, सुन्धारा, न्यूरोड हुँदै असन जनबहालमा पुगेर जनसभामा परिणत भएको थियो ।

पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता कार्यालय सदस्य कृष्ण धमलाले गर्नुभएको थियो भने सञ्चालन पार्टीका अर्का कार्यालय सदस्य पवनमान श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि रामसिंह श्रीस, पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तमाङ, क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महत, एकीकृत दलित मुक्ति मोर्चाका संयोजक दर्शन नेपाली, अखिल (क्रान्तिकारी) का संयोजक मिलन राई, अखिल नेपाल क्रातिकारी ट्रेड युनियन महासंघका सहसंयोजक इश्वर तिमिल्सिना, उद्योग वाणिज्य महासंघका संयोजक जितेन्द्र दाहाल र अखिल नेपाल जनस्वास्थ्यकर्मी संघकी संयोजक इन्दिरा अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरुले जनआन्दोलन दिवसको ऐतिहासिक महत्वमाथि विशेष चर्चा गर्दै जीर्ण भइसकेको वर्तमान दलाल संसदीय व्यवस्थाको अन्त्य नगरेसम्म देशमा जनताको राज्यव्यवस्था स्थापित नहुने स्पष्ट पार्नुभयो । उहाँहरुले दलाल संसदीय व्यवस्थाको समूल अन्त्य गर्न सच्चा देशभक्त र क्रान्तिकारी शक्तिहरुबीच सुदृढ एकताको खाँचो रहेको बताउनु भयो ।

त्यसैगरी प्रदेश ३ को हेटौडा, प्रदेश १ को इटहरी, प्रदेश ५ को दाङ लगायत सातवटै प्रदेश र जिल्लाहरुमा पनि ३५ औं जनआन्दोलन दिवस भव्य रुपमा सम्पन्न भएको छ । ती कार्यक्रमहरुका विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।