0 COMMENTS

चैत २५, रामेछाप । ऐतिहासिक ३५औ जनआन्दोन दिवस र पुष्पलाल श्रेष्ठको सय वर्ष पुगेको दिन चैत्र २४ गतेका सन्दर्भमा रामेछाप जिल्ला रामेछाप नगरपालिकाको भँगेरी, जहाँ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महामन्त्री क. पुष्पलाल श्रेष्ठ र १०४ वर्षीय जहानीयाँ राणा शासनका विरुद्धको आन्दोलका सहीद हुनु भएका क. पुष्पलाल श्रेष्ठका दाई गंगालाल श्रेष्ठको जन्मस्थान रामेछापको भंगेरीमा पुष्पलाल र गंगालालको प्रतिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा अनावरण गर्ने काम सम्पन्न गरियो ।

उक्त महान् कार्यमा रामेछाप नगरपालिकाका मेयरको महत्वपूर्ण सहयोग रहेको र उक्त कार्यमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति सदस्य क.अशोक सुवेदीको महव्तपूर्ण संयोजन रहेको थियो । उक्त कार्यक्रममा पुष्पलाल श्रेष्ठ अध्ययन प्रतिष्ठानका अध्यक्ष लोककृष्ण भट्टराईलगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।