0 COMMENTS

चैत २४, पोखरा । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल ४ नम्बर प्रदेश समितिको आयोजनामा पोखराको पृथ्वीचोकमा ३५औँ जनआन्दोलन दिवसको सनदर्भमा जनसभा कार्यक्रम सम्पन्न गरिएको छ ।

४ नम्बर प्रदेश संयोजक अशोक लम्साल ‘अनुकुल’को अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रमका प्रमुख वक्ता प्रदेश इञ्चार्ज बाबुराम गजमेर ‘आजाद’ र अन्य वक्ताहरुमा पार्टी केन्द्रिय सचिवालय सदस्य डम्बर बिश्वकर्मा ‘मामा’ र ४ नम्बर प्रदेश युवा इञ्चार्ज अनन्त केसी हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चाल ४ नम्बर प्रदेश सह—संयोजक केश बहादुर परियारले गर्नु भएको थियो ।

१२ः३० बाट शुरु भएर ३ः३० समापन गरिएको उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।