0 COMMENTS

चैत २४, मकवानपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नम्बर प्रदेश समितिको आयोजनामा मकवानपुरको हेटौँडामा तीन जिल्लाको संयुक्त रूपमा ३५औँ जनआन्दोलन दिवस सम्पन्न भएको छ । शनिबार हेटौँडामा सम्पन्न विशाल रर्यालीसहितको जुलुस क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य चन्द्रहरि सुवेदी ‘अटल’ को नेतृत्वमा बुद्धचोकमा जनसभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी कार्यालय सदस्य चन्द्रहरि सुवेदी ‘अटल’ ले देश टाट पल्टिएको र दलाल नेता मन्त्रीका सन्तानसमेत यो देशको माटोमा नरहेको अवस्था बताए । उनले जनताको श्रम गरेर बाँच्ने आशा नरहेको देश बनाउने प्रचण्डले समेत आफू माओवादी नरहेको बताउँदै इतिहासमै प्रहसन प्रस्तुत गरेको अवस्था सिर्जना गरेकाले जनआन्दोलन अपरिहार्य भएको बताए । कार्यक्रममा बोल्दै प्रदेश संयोजक चन्द्रहरि सुवेदीले मासिक ३६०० युवा देश छोडेर विदेश पलायन हुने क्रम बढ्दो रहेको बताए । बहुदलपछि गणतन्त्रको स्थापनामा यो दोब्बर वृद्धि भएको सरकारी तथ्याङ्क भएको उनले प्रष्ट पारे ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सह-संयोजक लालबहादुर बिसीले अव संसदीय व्यवस्थाको हेडक्वार्टर ध्वंस भएको र नाङ्गो नाँच नाँच्न ओली, प्रचण्ड र देउवा सदैव तत्पर रहेको स्पष्ट पारे । सम्बोधनको क्रममा उनले अब हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी सडकको बीचमा होइन, जनताको मुक्तिको वास्तविक मुक्तिको लागि नयाँ शहरिया जनयुद्धको नेतृत्व गर्ने बताए ।

उक्त कार्यक्रमको अध्यक्षता समेत रहेका चितवन जिल्ला इन्चार्ज भिमबहादुर खड्का ‘ध्रुव’ ले देशमा जनताको वास्तविक मुक्तिको लागि नयाँ शहरिया जनयुद्धको खाँचो रहेको बताए । साथै उनले देश चुर्लुम्म भ्रष्टाचारी र बलात्कारीको चङ्गुलमा फसेको अवस्था रहेकाले जनताको जनतन्त्र जनजिविका र राष्ट्रियता धरापमा रहेको बताउँदै युवाहरूको तागत जनविरोधी राष्ट्रघाती विरुद्धको अभियान सुरू गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समिति तयार रहेको बताए ।

कार्यक्रममा महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला संयोजक घननाथ सापकोटा ‘विकाश’, महाधिवेशन आयोजक समिति सदस्य तथा क्रान्तिकारी महिला सङ्गठन, नेपालकी केन्द्रीय संयोजक अम्बिका मुडवारी, महाधिवेशन आयोजक समिति सदस्य तथा मकवानपुर जिल्ला संयोजक अन्जना तामाङ, महाधिवेशन आयोजक समिति सदस्य तथा घाइते/अपाङ्ग संघ, नेपालका संयोजक शिव गौतम ‘रणदिप’ लगायत अतिथिहरूले मन्तब्य राखेका थिए ।

कार्यक्रममा महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला सह-संयोजक दुर्गा सुबेदी, महाधिवेशन आयोजक समिति सदस्य राजिव तामाङ, महाधिवेशन आयोजक समिति सदस्य आशिष चौधरी, महाधिवेशन आयोजक समिति सदस्य अटल श्रेष्ठ, पार्टी केन्द्रीय सल्लाहकार बाबुराम प्यासी, दिवाकर न्यौपाने लगायत अतिथि रहेका थिए ।

चितवन जिल्ला इन्चार्ज भिमबहादुर खड्का ‘ध्रुव’ को अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन रामेछाप जिल्ला इन्चार्ज भरत बुर्जा मगरले गरेका थिए भने स्वागत मन्तव्य मकवानपुर जिल्लाका इन्चार्ज गणेश खड्गीले गरेका थिए । उनले बोल्ने क्रममा यो देशका युवा मजदुर किसान सबै सबै जुर्मुराएको यो समयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी दलाल संसदीय गणतन्त्रको विरुद्ध परिवर्तन र क्रान्तिको नेतृत्व गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।