0 COMMENTS

चैत १७, काठमाडौँ । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार लेखनाथ क्षेत्रको आरुपाटाबाट आउँदै गरेको ग१ख ८६८० नम्बरको बस कास्कीको पोखरा–२८ अर्चलेमा दुर्घटना भएको हो । दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् ।

लेखनाथ–पोखरा रुटमा चल्ने ग१ख ८६८० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमै ठाडो परेको थियो । बसमा अन्य यात्रु नरहेको बताइएको छ । दुर्घटनामा घाइते भएका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदीलाई उपचारका लागि अस्पताल लगिएको छ । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

अहिले दुर्घटना भएको बसको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।