0 COMMENTS

चैत १७, चितवन । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । आज बिहान काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधाराबाट त्रिशुली नदीमा खसेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक पुरुष, तीन महिला र एक बालिका रहेका छन् भने एक जना अझै वेपत्ता छन् । वेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ ।

ईलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली उद्धारमा खटिएको छ ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको थियो ।

मृतकको नामावली :-

१.ट्याक्सी चालक गोरखा नगरपालिका–७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल ।
२.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ४१ वर्षीय हरिमाया रोकाय ।
३.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ७० वर्षीय जुनकिरी रोकाय ।
४.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने २८ वर्षीय अन्जना रोकाय ।
५.ट्याक्सीमा सवार गोरखा नगरपालिका–७ बस्ने ९ वर्षीय बालक आगमन नगरकोटी ।

बेपत्ता भएको :-
गोरखा नगरपालिका–७ बस्ने १८ वर्षीय दिवश रोकाय

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।