0 COMMENTS

चैत ९, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई शुक्रबार हाजिरी जमानतमा रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई रिहा गरिएको हो ।

नेपालमा राष्ट्रघाती एमसीसी परियोजना भित्रिन खोजेपछि खरो विरोधमा उत्रिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरामाथि बेला–बेला आरोपहरू लाग्ने गरेका छन् । सुरुमा महरामाथि रोशनी काण्डको आरोप लगाएर पदच्युद गरियो भने अहिले सुनकाण्डको आरोप छ ।

एकथरीले राष्ट्रघाती एमसीसीको विरोध गरेकै कारण महरालाई राजनीतिक पहुँचबाट गिराउन विभिन्न आरोपहरू लगाउने गरिएको बताउने पनि गरेका छन् । पछिल्लो समय उपाध्यक्ष महरालाई सुन तस्करी प्रकरणमा पक्राउ गरिएको थियो । उनी यसकाण्डमा के कति दोषि छन ? भन्ने कुरा अदालतले प्रमाणीत गरला । तर यत्ति भन्न सकिन्छ कि उनी राष्ट्रवादी हुन भने अमेरिकी सामाज्यवादी विरोधी पनि हुन् । उनीमाथि त्यसैकारण पनि विभिन्न षड्यन्त्रहरू हुँदै आएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा उनका जेठा छोरा निर्मल महराको जिम्मा लगाएर रिहा गरिएको प्रहरीले बताएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्था पनि विग्रिदै गएकाले हाजिरी जमानीमा छाडिएको बताए । रोल्पा जान हिडेका उपाध्यक्ष महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । यसअघि पनि महरालाई रोशनी शाही माथि यौन दुरव्यहार गरेको आरोपमा पक्राउ गरिएको थियो ।

त्यतिवेला महरा वाहलवाल सभामुख थिए । सभामुखको हैशियतले एमसीसी सदनमा टेवुल नगर्ने अडान लिएपछि उनलाई फसाउन रोशनी काण्ड शुनियोजित रुपमा लगाईएको केहीले बताउने गरेका थिए । अदालतले भने रोशनी काण्डमा महरालाई दोषि नभएको भन्दै सफाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।