0 COMMENTS

चैत १०, काठमाडौँ । व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठन (विगेसो) ले अनामनगर संवाद डवलीमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयाअनुकुल र समानताको आधारमा उपलव्ध गराउने माग राखी विगतदेखि नै संघर्ष गर्दै आएको हो ।

व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठन (विगेसो) का केन्द्रीय अध्यक्ष पदम सुन्दर लिम्वुको संचालनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य एवं व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठनका सल्लाहाकार परि थापाले आफनो भनाइराख्नु भएको थियो भने व्रिटिश गोर्खा भूतपूर्व सिंगापुर विभाग प्रमुख पल वहादुर घर्तीले मागपत्र पढेर पत्रकारहरुलाई सुनाउनु भएको थियो । पत्रकार सम्मेलनमा जलस्रोतवीद तथा लेखक रतन भण्डारीको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।