0 COMMENTS

वैशाख १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का केन्द्रीय अध्यक्ष राजु कार्कीले अग्रगामी सोंच र चिन्तनका साथ सचेत पहलकदमी लिन नयाँ सश्लेषण र सत्यको अन्वेषण गर्दै माक्र्सवादको नेपाली माटो सुहाउँदो विकास गरेर नेपाली विशेषतामा लागू गर्न एकमात्र वैज्ञानिक कार्यदिशा बृहत संयुक्त जनआन्दोलनको कार्यदिशामार्फत नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था हाम्रै उमेरमा ल्याउन सकिन्छ भन्दै उद्देश्य पूरा गर्नका लागि हामी सबैलाई सफलता मिलोस् नयाँ वर्ष २०७९ को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष राजु कार्कीले बिहीबार शुभ–कामनामार्फत नेपाल र नेपाली जनताका तीनवटा आवश्यकतालाई प्रधान आवश्यकता रहेको बताएका हुन् । साथै उनले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेर साम्राज्यवादको सेवा गर्न नेपालका सरकारी कम्युनिस्टहरू तयार भए जुन निकै नै दुःखद् र कम्युनिस्ट आन्दोलनमा दुर्भाग्यपूर्ण परिस्थिति रहेको बताए ।

समाजवादीका अध्यक्ष राजु कार्कीको विज्ञप्तिमा भनिएको छ, ‘विश्व कम्युनिस्ट आन्दोलन निकै नै रक्षात्मक चरणमा पुगिसेको आजको सन्दर्भमा नेपालको कम्युनिस्ट आन्दोलन आफैँमा दिशा विहिन र अकर्मन्यताको शिकार बन्यो जसका कारण एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेर साम्राज्यवादको सेवा गर्न नेपालका सरकारी कम्युनिस्टहरु तयार भए जुन निकै नै दुःखद् र कम्युनिस्ट आन्दोलनमा दुर्भाग्यपूर्ण परिस्थिति रह्यो । हामीलाई विश्वास छ नेपाली जनता र सचेत कार्यकर्ताहरु एमसीसीको हण्डी खान अवश्य पनि तयार हुने छैनन् ।’

अध्यक्ष कार्कीको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी अग्रगामी सोंच र चिन्तनका साथ सचेत पहलकदमी लिन नयाँ सश्लेषण र सत्यको अन्वेषण गर्दै माक्र्सवादको नेपाली माटो सुहाउँदो विकास गरेर नेपाली विशेषतामा लागू गर्न एकमात्र वैज्ञानिक कार्यदिशा बृहत संयुक्त जनआन्दोलनको कार्यदिशामार्फत नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था हाम्रै उमेरमा ल्याउन सकिन्छ भन्दै अगाडि बढिरहेका छौँ । तत्काल हामीले नेपाल र नेपाली जनताका तीनवटा आवश्यकतालाई प्रधान आवश्यकता ठानेका छौँ ।’

समाजवादीका अध्यक्ष राजु कार्कीको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘१. नेपाली जनताको पहिलो आवश्यकता –“गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी र फ्रिडम ।” २. नेपाली जनताको दोस्रो आवश्यकता – हामी कोही कसैप्रति नलागी पञ्चशिलताका आधारमा असंलग्न परराष्ट्र नीतिका साथ नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्न “नेपालले विश्व शान्तिको नेतृत्व” ३. तेस्रो आवश्यकता – देशलाई समृद्ध र जनतालाई सुखी र धनि बनाउँने अर्थनीति “आत्मनिर्भर अर्थनीति” यी उद्देश्य पूरा गर्नका लागि हामी सबैलाई सफलता मिलोस् नयाँ वर्ष २०७९ को उपलक्ष्यमा हार्दिक शुभकामना ।’ शुभ–कामनाको पूरापाठ….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।