0 COMMENTS

वैशाख १, काठमाडौँ । चीनमा लकडाउनका कारण एप्पल कम्पनीको आइफोन उत्पादन गर्ने कारखाना केही समयका लागि बन्द गरिएको छ । कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेकोले लागू गरिएको लकडाउनका कारण एप्पल कम्पनीको आइफोन उत्पादन गर्ने कारखाना बन्द गरिएको हो । बीबीसीले जनाएअनुसार यस कम्पनीले साङ्घाई शहर र नजिकैको कुनशानमा रहेका आफ्ना दुई कारखानाको काम केही समयका लागि बन्द गर्ने बताएको छ ।

एप्पलका लागि आइफोन बनाउँदै आएको ताइवानी कम्पनी पेगाट्रनले चीनमा रहेका आफ्ना दुई कारखानाको काम बन्द गर्ने घोषणा गरेको छ । उक्त कम्पनीले यसअघि गत महिना आइफोनको जडान गर्दै आएको अर्को ताइवानी कम्पनी फक्सकनले पनि चीनको सेन्जेन शहरमा रहेको आफ्नो कारखानाको काम बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।