0 COMMENTS

फागुन ३०, नुवाकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नुवाकोटको आयोजनामा ‘राष्ट्रिय स्वाधीनताको रक्षा र एमसीसी खारेजी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य हेमन्त प्रकाश ओली सुदर्शनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलले पनि देशको स्वाधीनतामाथि एमसीसीले खडा गरेका चुनौतीको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका पुराना वामपन्थी नेताहरु कुमार पंडित, इन्द्र पंडित, गणेश पाण्डे, शम्भू पनेरु लगायतले एमसीसी परियोजना राष्ट्रघाती रहेको र यो परियोजना कार्यान्वयन भए नेपालमो स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामा गम्भीर आघात पुग्ने भन्दै खारेज गरिनु पर्नेमा जोड दिनुभएको थियो । पार्टीका सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज रमेश पौडेलको अध्यक्षता, जिल्ला संयोजक अर्जुनलाल श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनगणतान्त्रिक सम्पर्क मञ्चका इन्चार्ज उद्धव पौडेल, संयोजक सुरेश अधिकारी लगायतले पनि बोल्नु भएको थियो ।

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नुवाकोटमा सञ्चालन गर्न लागेको एमसीए प्रसारण आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पनि परियोजना खारेजीको माग राखेर आन्दोलित भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।