0 COMMENTS

फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत प्राप्त गरेका छन् । १५ महिनामा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावमाथि पक्ष र विपक्षमा सांसदहरूले धारणा राखेका थिए । त्यसको प्रचण्डले जवाफ दिएपछि मत विभाजन गरिएको थियो । प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत खसेको थियो भने विपक्षमा ११० मत । २६८ सांसद उपस्थित रहेका थिए ।

प्रचण्डलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद प्रभु शाह र अमेरशकुमार साहले विश्वासको मत दिए । तटस्थमा एकजना सांसद बसे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।