0 COMMENTS

फागुन २९, कपिलबस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले जनआन्दोलन दिवस मनाउन पार्टीको केन्द्रीय सचिवालय सदस्य निरज केसीको संयोजकत्वमा २५ सदस्सीय जनआन्दोलन दिवस परिचालन समिति गठन गरेको छ ।

जनआन्दोलन दिवस परिचालन समितिमा पार्टीका सचिवालय सदस्यद्वय तिलक पुन र टिकाराम पौडेल केन्द्रीय सदस्यहरु डाक्टर थारु, होम बहादुर खड्का,क्षेत्र बहादुर थापा,निमकला पुन,टिका राना, नारायण भण्डारी , मोतीराम खड्का, झलक बिश्वकर्मालगायत हुनुहुन्छ । त्यस्तै उक्त समितिमा जनवर्गीय तथा मोर्चा संगठनबाट समेत प्रतिनिधित्व गराइएको छ । जसमा रामजी थारु,नरेन्द्र बन्जाडे,दिपक बिष्ट, नविन खड्का , तिलक बिक, मनोज थापा, सन्देश सापकोटा, इन्दु वली, संगीन थापा, संग्राम थापा,अमर खड्का, मन्जित, बिक्रम, शिशिरलगायत रहनुभएको छ ।

पार्टीका बिभिन्न तहका नेता कार्यकर्ता एंव जनवर्गीय मोर्चा संगठनका प्रदेशका मुख्य नेतृत्व सम्मिलित समितिको बैठक सोमवार कपिलबस्तुको बाणगंगास्थित सिउटीमा सम्पन्न भएको संयोजक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले २०८० चैत्र २४ गते संर्घषको रुपमा जन आन्दोलन दिवस मनाउने र दिवसको क्रममा भालुबाङमा प्रदेशस्तरको जनसभागर्ने निर्णय गरिएको छ । जन सभाका लागि आवश्यक उप समितिहरु समेत गठन गरिएको केसीको भनाई छ ।

सो अवसरमा अर्घाखाँची ईन्चार्ज समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य होमबहादुर खड्कालाई हिरासत बसाई बसेर रिहा हुनुभएकोमा बधाई तथा सम्मान गरिएको सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।