0 COMMENTS

फागुन २६, नयाँ दिल्ली । भारतका प्रवासी नेपालीहरुको संगठन ‘अखिल भारत प्रवासी नेपाली एकता समाज’को नोएडा नगर समितले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको आयोजना गऱ्यो । नोएडाका विभिन्न इलाकाहरुबाट आएका महिला एवं पुरुष कमरेडहरुको उपस्थितिमा आयोजित सो कार्यक्रमको अध्यक्षता नगर समितिकी उपाध्यक्ष रेशमा शर्माले गर्नु भयो ।

रेशमा शर्माले उपस्थित कमरेडहरुलाई सम्बोधित गर्दै भन्नु भयो, ‘प्रवासमा रहेका नेपाली महिलाहरु आफ्ना हक–अधिकारहरुको लागि लड्न सदैव तैयार रह्नु पर्दछ । प्रवासमा नेपालीहरुको अधिकारहरु साँघुरो हुन्दैँ गएको अवस्थामा प्रवासी नेपालीहरु एकजुट हुन जरुरी छ ।’ वहाँले प्रवासी नेपालीहरुबारे नेपालको वर्तमान सरकारले कुनै काम न गरेको पनि आरोप लगाउनु भयो । वहाँले भन्नु भयो, ‘आज पूर्वमा जस्तै सीमित सुरक्षा समेत प्रवासीहरुलाई छैन । आज प्रायः सबै प्रवासी संगठनहरु, नेपालीहरुलाई छाडा नाच र गीत–संगीतमा रमाउन लगाएर, अधिकारहरुको लूटमाथि पर्दा हाल्ने काम गरिरहेका छ । हामी माझ थुप्रै समाजिक विकृतिहरु पलाउँदै गएको अवस्था छ । हकको कुरा गर्नु भन्दा डान्स र रीलमा समय लगाइरहेको नेपालीहरुको अवस्था छ र सरकारले यस्ता विकृतिलाई झनै पलाउन दिएको छ ।’

सो कार्यक्रमलाई सम्बोधित गर्दै, नगर समिति सदस्य शान्ति केसीले पनि प्रवासी नेपाली महिलाहरुलाई एकजुट हुन अपील गर्नु भयो । वहाँले भन्नु भयो, ‘प्रवासमा सामाजिक सुरक्षाको निकै आभावको बिच बाँचिने अवस्था छ । यसबारे सचेत हुन र सुरक्षाको भावनाकालागि नेपालीहरु संगठित हुनु एकदम जरूरी भएको छ ।’

अखिल भारत प्रवासी नेपाली एकता समाज, नोएडा नगर समितिका अध्यक्ष धर्मराजले आफ्नो मन्तव्यमा सर्वप्रथम नेपाली महिलाहरुलाई ११४औँ अन्तर्राष्ट्रीय महिला दिवसको शुभकामना दिनु भयो । धर्मराजले महिला दिवस महिलाहरुको राजनीतिक संघर्षको स्मरण गर्ने दिन हो, भन्नु भयो । वहाँले महिला दिवसलाई जनवादी आन्दोलन र जनवादी संस्कृतिको विकासको दिशा तिर लैजाने आवश्यकता माथि जोड़ दिँदै, संघर्षले नै नेपाली जनताले आफ्ना अधिकारहरु पाउन र बचाउन सक्ने छन, भन्नु भयो ।

कार्यक्रममा अखिल भारत प्रवासी नेपाली एकता समाजका केन्द्रीय सहसंयोजक विष्णु भट्टराईले महिला दिवासको राजनीति इतिहासबारे बताउनु भयो । महिला दिवस खासमा समाजवादी आन्दोलनको एउटा कडी हो र महिलाहरुको मुक्ति समाजवादी व्यवस्थाले मात्र गारेटी गर्न सक्छ, वहाँले भन्नु भयो । भट्टराईले पनि प्रवासी नेपालीहरुमा सांस्कृतिक र सामाजिक विकृतिबारे कुरा राख्नु भयो । नेपाली जनताका महान आन्दोलनहरुको इतिहास, खासमा माओवादी जनयुद्धको इतिहासलाई, ओझेलमा पार्दै जाने वर्तमान राजनीतिक दलहरुको प्रयासबारे कुरा राख्दै, वहाँले भन्नु भयो, ‘जनताको इतिहासलाई भ्रष्टीकरण गर्दै, जनताको मनोबललाई कमजोर पार्ने षड्यन्त्रहरुलाई पराजित गर्नकालागि जनताहरुबिच जानु अन्यन्त आवश्यक छ ।’ वहाँले आजभोली नेपाली जनताको संस्कृतिलाई छाड़ा नाच–गान र पिकनिक–पार्टी र फेसबुकका रीलहरुमा समेट्ने प्रयास भइरहेको भन्दै, नेपाली जनताको असली संस्कृति श्रम र संघर्षको संस्कृति हो, भन्नु भयो ।

कार्यक्रमा संगठनका वरिष्ठ नेता मोहन केसी, नगर समिति सदस्य सीता, अन्जु, मन्जु, नगर समितिका कोषाध्यक्ष सुरेन्द्र समेतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको आरम्भमा नेपाली जनयुद्ध र विश्वभरिका महान शहीदहरुलाई श्रृद्धाञ्जली अर्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।