0 COMMENTS
फागुन २४, बुटवल । माेहन बैध ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) पाल्पाले तानसेन नगरपालिकाकि नगर शिक्षा अधिकृत काेपिला न्याैपानेलाई मागपत्र बुझाएको छ । मंगलबार जिल्ला संयाेजक संग्राम भियु थापाको नेतृत्वमा पुगेको टाेलिले तानसेन नगर भित्र देखिएका शैक्षिक विकृति र समस्याहरुकाे समाधान गर्न माग गर्दै उक्त मागपत्र बुझाएको हाे ।
अखिल (क्रान्तिकारी) पाल्पाले बुझाएको मागपत्र जस्ताको त्यस्तै “हामी गौरवशाली संगठन अनेरास्ववियु (क्रान्तिकारी) आफ्‌नो स्थापनाकाल देखी राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनजिविका, स्वतन्त्रता र स्वाभिमानको पक्षमा निरन्तर संघर्षरत रहि दलाल संसदीय व्यवस्था र यसद्धारा निर्देशित वर्तमान शिक्षा प्रणालीको विकल्पमा आन्दोलन गर्दै शैक्षिक क्षेत्रका अनियमितता, भ्रष्टाचार लगायतका विकृति, विसतिका साथै शिक्षा क्षेत्रको निजीकरण, व्यापारीकरण, दलालिकरण, माफियाकरणको विरुद्धमा वैज्ञानिक समाजवादी शिक्षा स्थापनाको निमित संघर्षरत रहेको कुरा अवगत नै छ ।
यसै सन्दर्भमा विगतमा पनि तानसेन नगरपालिकामा हाम्रो संगठनले विभिन्न समयमा शैक्षिक क्षेत्रमा देखिएका विभिन्न समस्याका विषयहरुलाई लिएर मागपत्र बुझाउँदै आफ्‌नो धारणा स्पष्ट गर्दै आइरहेको छ । सोही बमोजिमको निरन्तरतामा हाम्रो संगठन रहेको हुँदा आज पुनः उल्लेखित माग पेश गर्दछौ ।
१) सामुदायिक र संस्थागत विद्यालय तथा कलेजहरुमा विद्यार्थीलाई अनावश्यक त्रास देखाउन राखिएका DI (discipline Incharge)हरु तत्काल खारेज गर्न निर्देशन गरियोस् ।
२) सेनेटरी प्याडमा भएको भ्रष्टाचारको छानबिन गरी भ्रष्टाचारीलाई कारबाही गरियोस् ।
४) सरकारी कर्मचारी, जनप्रतिनिधि तथा राज्यबाट सेवा सुविधा लिने व्यक्तिहरूले निजी विद्यालबमा गर्ने लगानीलाई पूर्ण रुपमा रोक लगाई उक्त व्यक्तिका छोराछोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था कार्यावन्यन गरियोस् ।
५) सरकारी एवम् सामुदायिक विद्यालय माँस्ने, निजि विद्यालयहरुलाई पोत्साहान गर्ने गरि निर्माण गरिएको समिति र स्थानीय शिक्षा विधेयक र ऐन तुरुन्तै खारेज गरि सरकारि एवम् सामुदायिक विद्यालयहरुमा प्राविधिक एवम् वैज्ञानिक र गुणस्तरीय शिक्षा प्रदान गरियोस् ।
६) कुनै सामुदायिक विद्यालयमा विधार्थीको चाप हुने विभिन्न विद्यालयहरुमा विधाची अति न्युन हुने अवस्थाको अन्त्यका लागि स्थानीय विद्यालयहरुमा आवश्यक शिक्षक दरवन्दी र पूर्वाधारहरुको व्यवस्था गरियोस् ।
७) १० प्रतिशत छात्रवृत्तिलाई समेत पारदर्शि बनाइएको छैन् यसलाई बढाएर २५ प्रतिशत बनाइयोस् ।
८) विद्यार्थी एवम् अभिभावकको ढाड सेक्ने गरि असुल गरिएको शुल्क तत्काल फिर्ता गरियोस् ।
५) हाम्रो संगठनले विभिन्न समयमा राखेका मागहरु नयाँ शैक्षिक सत्रदेखि लागुहुने गरी पूरा गरियोस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।