0 COMMENTS

फागुन २४, काठमाडौँ । २०७५ साल फागुन १० गते पक्राउ परेका राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शेर्पा र शिव धिमाललाई कारागारमुक्त भएर आएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भव्य स्वागत तथा अभिनन्दन गरेको छ ।

पार्टीका अध्यक्ष मोहन वैद्य किरण, कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, कार्यालय सदस्य सीताराम तामाङ, कार्यालय सदस्य तथा युवा नेता उदयबहादुर चलाउने दिपक, कार्यालय सदस्य इन्द्रमोहन सिग्देल, कार्यालय सदस्य कृष्ण धमला, कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटल, कार्यालय सदस्य पवनमान श्रेष्ठ लगायतका नेताहरुले कारागारमुक्त राजवन्दीहरुलाई खादा र माला लगाइदिएर भव्य रुपमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शेर्पा र शिव धिमालले कारागार बसाईका तीता अनुभूतिहरु राख्नुभएको थियो भने अध्यक्ष किरण, नेताहरु कञ्चन र सुदर्शनले नेपाली क्रान्तिमा राजबन्दीहरुले खेलेको भूमिका, क्रान्तिका सामुन्ने देखिएका चुनौती र महान सम्भावनाका बारेमा चर्चा गर्नुभएको थियो । र, कारागार पनि क्रान्तिको एउटा मोर्चा भएको भन्दै राजबन्दीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।