0 COMMENTS

फागुन २२, काठमाडौँ । “हामी प्रहरी प्रशासनलाई बिना कुनै दबाब स्वतन्त्र ढंगले निष्पक्ष छानबिन गरी शालीन पोखरेलको मृत्युको सत्य तथ्य बाहिर ल्याउन र दोषी जोसुकै भएपनि कडाभन्दा कडा सजायको माग गर्दछौं ।” क्रान्तिकारी महिला संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “यही २०८० फागुन १२ गतेका दिन चितवन रत्ननगरको एक विद्यालयमा मृत भेटिएकी भनिएकी छात्रा शालीन पोखरेलको निधनले स्तब्ध बनाएको छ । हामी मृतक शालीनप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोक सन्तप्त आफन्तजन तथा सहपाठी साथीहरुप्रति समवेदना व्यक्त गर्दछौं ।”

वक्तव्यमा फागुन २० गते निजले आत्महत्या गरेको हुन सक्ने आशयको पोस्टमार्टम रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ, जसमाथि विभिन्न कोणबाट प्रश्न समेत उठाइएको भन्दै मृत्युको सत्यतत्य बाहिर ल्याउन माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।