0 COMMENTS

फागुन २२, काठमाडौँ । राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको मधेस प्रदेशको प्रथम भेला बाराको सिमरामा भव्य एवम् शानदार रुपमा शनिबार सम्पन्न भएको छ ।

भेलाले स्वतन्त्र वामपन्थी नेता कमरेड ईश्वरराज ढुङ्गेल संयोजक रहेको १७ सदस्यीय प्रदेश कमिटी र ५ सदस्य सचिवालयको गठन गरेको छ । प्रतिगामी तथा साम्राज्यवाद विरोधी पार्टी, मन्च, अभियान, स्वतन्त्र बामबुद्धिजीवी, लेखक, पत्रकार लगायतको महत्वपूर्ण उपस्थितिमा सम्पन्न भेलाको उद्घाटन नेकपाका अध्यक्ष कमरेड लोकनारायण सुबेदी,भेलाको अध्यक्षता नेकपा (रातो तारा) का महासचिव क. लक्ष्मण उप्रेती, कार्यक्रम संचालन नेकपा (मशाल) का पिबिएम क. चिन्तामणी पौडेल र स्वागत नेकपा (मशाल) का नेता क. कर्ण थापाले गर्नु भएको थियो ।

भेला सफलताको शुभकामना दिनेहरुमा नेकपा (रातो तारा) का पिबिएम तथा मधेस प्रदेश इन्चार्ज क. राजन साह, पिबिएम क. नवराज उप्रेती, स्वतन्त्र बामपन्थी नेता क. ईश्वरराज ढुङ्गेल, नेकपाका सचीव क. रामदुलार महतो, नेकपा माक्र्सवादी (पुष्पलाल) का पिबिएम क. शंकर चौरसिया, बाम बुद्धिजीवी रामहरी धिताल र हरि सापाकोटा, किसान नेता महेश थपलिया र चन्द्रदेव राम हुनुहुन्थ्यो । फोनवाट पुराना बयोबृद्व बामपन्थी किसान आन्दोलानका नेता क.नन्दन अर्यालले शुभकामना दिदै आफूू पनि मोर्चामा रहेर सकेको योगदान गर्ने बताउनु भएको थियो ।

कार्यक्रमको प्रारम्भमा ज्ञात अज्ञात वीर सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।