0 COMMENTS

फागुन २०, तुलसीपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सहिद सप्ताह कार्यक्रमअनुसार दाङ तुलसीपुर उ म न पा वडा नम्बर १७ पहरवामा सहिद तथा वेपत्ता योद्धा परिवारहरूलाई सम्मान पत्र वितरण तथा अविरबरण कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टी केन्द्रीय सचिवालय सदस्य तथा ५ नम्बर प्रदेश सह–संयोजक तथा दाङ जिल्ला इन्चार्ज समिरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहिदहरूप्रति एक मिनेट मौनधारण गर्दै श्रदाञ्जली अर्पणसिहत कार्यक्रममा उपस्थित सहिद तथा वेपत्ता योद्धा परिवारहरूलाई सम्मान पत्र वितरण गरिएको थियो । उक्त कार्यक्रमको सञचालन दाङ जिल्ला सह–संयोजक तथा प्रदेश सदस्य अमरले गरेका थिए भने अध्यक्षता जिल्ला संयोजक तथा प्रदेश सदस्य नबिनले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य प्रदेश सदस्य तथा तुलसीपुर उ म न पा संयोजक पहाडले दिएका थिए । प्रमुख अतिथि समिरद्वारा सहिद तथा वेपत्ता योद्धा परिवारहरूलाई सम्मान पत्र वितरण तथा अविरबरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।