0 COMMENTS

फागुन १९, दाङ । नेकपा माओवादीद्वारा सञ्चालित महान् जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने दीलबहादुर रम्तेल र झापा आन्दोलनका सहिदहरुको सम्झनामा हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

सोही क्रममा दाङमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले हिजो १८ गते एक कार्यक्रम गर्दै जनयुद्धका क्रममा सहिद भएका सहिदका परिवारजनलाई भेला गरेर सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा जिल्ला इञ्चार समीरले सहिद परिवारलाई सम्मानपत्र हस्तान्तरण गर्दै सहिद सप्ताहको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रम जिल्ला संयोजक नविनको अध्यक्षता र शिशिरको सञ्चालनमा भएको थियो ।

सहिदहरु प्रति एक मिनेट मौनधारण गर्दै सुरु भएको कार्यक्रममा सहिद परिवारका तर्फबाट सुन्दरलाल चौधरीले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।