0 COMMENTS

फागुन २०, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आङ्गिक सङ्गठन अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ। सोही सङ्गठनका संयोजक दिपेन्द्र घिमिरेको अध्यक्षता एवम् सञ्चालनमा भएको एकता अधिवेशनले १७ सदस्यीय आयोजक कमिटी निर्माण गरेको छ ।

साथै एकता अधिवेशनले संयोजक दिपेन्द्र घिमिरे, सह–संयोजकद्वय पुर्ण लामा र निमा लामालाई चयन गर्दै सदस्यहरूमा सुदिप गिरी इन्द्रराज पुरी वेदबहादुर रसाईली, ठगिराज लम्साल, दिपक कुवंर र सुभाष खतिवडा लगायतलाई चयन गरेको छ ।

महासंघका सह–संयोजक विनोद थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त एकता अधिवेशनमा महासंघका सचिवालय सदस्य तथा ३ नं. प्रदेशका सह संयोजक सरोज न्यौपाने र वैदेशिक मजदुर संघका केन्द्रीय सदस्यहरू हरि रामदाम र खेमराज रहेका थिए भने कार्यक्रममा अथितिले शुभकामना मनतव्य राखे ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले मजदुरहरूको हक हितको रक्षा क्रान्तिकारी मजुदुर सङ्गठनले गर्नुपर्ने औल्याउदै सङ्गठित मजदुरहरूले आफ्नो ताकत सङ्गठनबाट पैदा गर्नुपर्ने बेला आएको बताए । निर्णायक आन्दोलनले मात्र श्रमिक हक अधिकार सुनिश्चित हुने कुरा बताउँदै यातायात मजदुररूले भोगेका समस्याहरूको उचित हल गर्न सङ्गठित विद्रोह, आन्दोलन मात्र सम्भव हुने भएकोले संसद्‌वादलाई अङ्गालेका मजदुर सङ्गठन त्यागी क्रान्तिकारी सङ्गठनमा आवाद्ध हुन अपिलसमेत गरे । उनले अबको जनवादी/वैज्ञानिक समाजवादी सत्ताको जन्म गर्ने सुडिनीको भूमिका मजदुर सङ्गठनले खेल्नुपर्ने र महासंघको चार महिने कारखाना जाऔँ अभियानले गति लिएको बताए ।

यसैक्रममा कार्यक्रममा अथिति सरोज न्यौपानेले श्रम कानुन बनाउने र लागू नगर्ने सरकारी निकाय नयाँ कानुन बनाउन सङ्घर्षरत मजदुर सङ्गठनबीच भिषण सङ्घर्ष भइरहेकोले क्रान्तिबट मात्र कानुन बदल्न सकिने कुरामा जोड दिए । कार्यक्रममा निर्वाचित संयोजकले आफ्नो प्रतिबद्धतासहित सङ्गठनको अवधाराण राख्दै अधिवेशन समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।