0 COMMENTS

फागुन १८, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पेशागत संघहरुमा अभियान बिस्तार गरेको छ । महासंघको कारखाना जाऔं अभियान निर्माण, होटल, वैदेशिक, सेक्युरिटी, गलैंचा र इटाभट्टमा क्षेत्रमा बिस्तार भएको हो ।

यसै क्रममा हनुमान इटाभट्ट च्यामासि, भक्तपुरमा २८ फागुन २०८० मा बृहत भेला/अन्तरक्रिया सम्पन्न गर्ने निर्णय गर्दै प्रदिप डांगिको संयोजकत्वमा इकाई निर्माण भएको छ । उक्त कार्यक्रममा महासंघका संयोजक दिनेश शर्मा, बालकृष्ण सिटौला, सुजाता रोका र वसन्त बोगटीको उपस्थिति रहेकोे थियो ।

त्यसैगरी, क्रान्तिकारी गलैंचा मजदुर संघले आशिष कार्पेट र आर. सि. कार्पेट बुढानिलकण्ठ, काठमाडौमा क्रमशः दिनेश स्याङ्बा र कुमार श्रेष्ठको संयोजकत्वमा २१ र २३ सदस्य इकाई निर्माण सम्पन्न भएको छ । उक्त कार्यक्रममा महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी गलैंचा मजदुर संघका संयोजक केशव बुढाथोकीको विशेष उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।