0 COMMENTS

फागुन १७, रामेछाप । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपाल, रामेछापको आयोजनामा एक छलफल तथा भेटघाट कार्यक्रम आइतबार सम्पन्न भएको छ । रामेछाप जिल्लाको सुनापति गाउँपालिका १ नम्बर स्थित मृथली बस्थीमा संगठनका जिल्ला संयोजक सिता गौतमको अध्यक्षतामा तथा सञ्चालनमा प्रमुख अथिति सरीता पहरी, सर्मिला पहरी आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी सबैले एउटै त्याे बस्तिबाट विद्यालय जान १ घण्टा बढि समय लाग्ने भएकाेले गाडि गुड्ने बाटाे नभएकाे बताएका थिए । कार्यक्रममा संयाेजक सिता गाैतमले हाम्राे संगठन र पार्टीले गर्न सकेकाे पहल गरेर यस गाउँसम्म बाटाे ल्याउन सहयाेग गर्ने बताइन् । मृथली बस्थीबाट अस्मिता पहरीले जन बिहानीलाई बताए अनुसार यस ‘बस्तीमा नेताहरू चुनावमा भोट माग्न आउदा बाटोको आस्वासन दिने गर्छन् चुनाव सकेपछि हाम्रो यो बस्तिलाई बिर्सीने गरेको छ ।’ अब हामीलाइ याे संगठनकाे आसा र भराेसा रहेकाे बताइन् ।

कार्यक्रममा सूर्यमान पहरी, लोकबहादुर पहरी, प्रमिला पहरी, जुनामाया पहरी, सुस्मिता पहरी, रामबहादुर पहरी, रामचन्द्र पहरी, विक्रम पहरी, राम पहरी, ललिता पहरी, नमराज पहरी, सरीता पहरी, विक्रम पहरी, विष्णुमाया पहरी, रामबहादुर पहरी, सुरेश पहरी, रमिला पहरी, टिका पहरी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।