0 COMMENTS

फागुन १६, नेपालगञ्ज । अखिल (क्रान्तिकारी) ले भ्रष्टाचारी शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद ढकाललाई कालोमोसो दलेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले भ्रष्टाचार गरेको भन्दै बुधबार बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद ढकाललाई कालोमोसो दलेको हो । संगठनको प्रदेश नं. ६ समितीले कालोमोसो लगाइनुको ८ वटा कारणहरु समेत सार्वजनिक गरेको छ ।

राम्रो नतिजा ल्याउने स्कुललाई प्रोत्साहन भत्ता नदिई कमिशनको लागि आफ्नो अनुकुलको अर्कै विद्यालयलाई प्रोत्साहन भत्ता दिने गरेको, पुस्तकालय आ सि.टि ल्याव, विज्ञान ल्याबको खरिद सामाग्रि शिक्षा शाखाले तोकेको पसलबाट मात्र किन्न पर्ने भनि विद्यालय व्यवस्थापन समितिलाई दबाब दिने गरेको, करार शिक्षक निउक्तिको लागि विषय विज्ञ सुचीकृत नगरि कमिशनको लागि आफु अनुकुलको मनोमानि ढंगले विषय विज्ञ राखि करार शिक्षक नियुक्ति गर्ने गरेको, विव्यस गठन सर्वसम्मत भएका स्कुलहुरुमा पनि प्र. अ. सँग दबाब पुर्ण ढंगले भत्ता उठाने गरेको, आफु अनुकुलको अडिटर विद्यालयहरुमा लेखापरिक्षण गर्न पठाई विद्यालयलाई बढि आर्थिक भार पर्ने गरि अडिट गर्न लगाउने गरेकोले कालोमोसो दलिएको संगठनले बताएको छ ।

साथै विव्यसको अधिकारमाथि हस्तचेप गरि, विद्यालयको आन्तरिक श्रोत बाट शिक्षक नियुक्ति गर्न समेत शिक्षा प्रमुख बोलाउन पर्ने नियम बनाई, कमिशनको लागि शिक्षक नियुक्तिमा अस्वछ प्रतिस्पदां गराउने गरेको, विद्यालयमा अनुगमन तथा निरिक्षणको नाममा प्र. अ. र शिक्षकहरुलाई अपमान र अभ्रद व्यवहार गर्ने गरेको र कमिशन मार्फतको अवैध रकम जिल्ला शिक्षा विकाश तथा समन्वय इकाई दार्चुलाका जिल्ला शिक्षा अधिकारीका निजि ड्राईभर गगन सिह धामि र अन्य व्याक्ति मार्फत लिने गरेकोले कालोमोसो दलिएको समेत संगठनको आरोप छ ।

उक्त संगठनले केही दिन अघिमात्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई समेत भ्रष्टचारको आरोप लगाएर कालोमोसो लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।