0 COMMENTS

फागुन १५, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) को प्रदेश ६ ले अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘वर्तमान शिक्षाको संकट समाधान विषयक’ अन्तरक्रिया कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रदेश ५ का इन्चार्ज उदयबहादुर चलाउने ‘दिपक’ ले प्रमुख सम्बोधन गुर्नभएको थियो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सहसंयोजक विरेन्द्र शाह, कर्णाली प्रदेश योजना आयोगका सदस्य जित बहादुर शाह, ग्राजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका प्रा.डा. पुस्पराज आचार्य, सामाजिक बिकास मन्त्रालयका प्रतिनिधि बल बहादुर सुनार, ग्राजुएट स्कुल अफ एजुकेसनका उप प्राध्यापक कमल बहादुर सिंह, जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइ सुर्खेतका उत्तम आचार्य, बि न पा शिक्षा शाखा प्रमुख धिरेन्द्र प्रशाद शर्मा, सुर्खेत बहुमुखी क्याम्पसका हरिबहादुर थापा लागायतले अन्तरक्रिया कार्यक्रममा महत्वपूर्ण विचार राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।