0 COMMENTS

फागुन १५, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार बुटवलमा सम्पन्न सम्मेलनले मनोज थापाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । साथै उक्त सम्मेलनले आगामी नीति तथा कार्यक्रम समेत पास गरेको प्रदेश इन्चार्ज बिष्टले जानकारी गराए ।

जिल्ला सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले शैक्षिक ब्यापारीकरण तथा माफियाकरणका बिरुद्ध सङ्घर्ष केन्द्रित गर्न निर्देशन गरे । उनले मिसन एभ्रीडे अन्तरगत भएका गतिविधिहरूको चर्चा गर्दै भष्ट्राचार बिरुद्ध सङ्गठनले गरेका कारवाहीहरूलाई जनताको साथ र समर्थन रहेको बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुवेदीले नयाँ जनवादी हुँदै वैज्ञानिक समाजवादी यात्रामा युवा विद्यार्थीहरू एकाकार भएर लाग्नुपर्ने उल्लेख गरे । यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार संजिवकुमार, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश इन्चार्ज दिपक बिष्ट, अर्का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक नविन खड्का, अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघका केन्द्रीय सहसंयोजक ईश्वर तिमिल्सिनालगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक श्यामबहादुर बोहोरा, सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज तिलक पुन, केन्द्रीय सदस्यहरू लक्ष्मीकान्त पौडेल, रवि पाण्डेय, निमकला पुन, विनोद मराशिनी नेताहरू राजु भुजेल, बिक्रम नेपाली, महिला नेतृ बिमा भट्टराई अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य सग्राम भिउ थापा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक मनोज थापाको अध्यक्षता केन्द्रीय सदस्य तथा नवलपरासी संयोजक सन्देश सापकोटा र रविना खातुनको सञ्चालन, दिलिप पुन मगरको स्वागतमा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।