0 COMMENTS

फागुन १५, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सहिद सप्ताहको भव्य उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रममा क्रान्ति र सहिदहरूको बलिदानमाथि चर्चा भएको थियो । डल्फिन कार्पेट, अत्तरखेल, काठमाडौँमा महासंघका संयोजक दिनेश शर्माले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटनमा वसन्त बोगटी, कुमार घताने, सरोज न्यौपाने, अर्जुन बोगटी, युवराज थापा, सुजाता रोका, केशव बुढाथोकी, राजन दाहाल, लक्ष्मिराम दङ्गालसहित महासंघका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका संयोजक दिनेश शर्माले परिवर्तन स्वस्फूर्त सम्भव नहुने र त्यसका लागि सचेत विचार, जुझारू पार्टी सङ्गठन, नेतृत्व र आन्दोलन चाहिन्छ । त्यसले महान् वलिदानको माग गर्ने स्पष्ट गरे । ‘जनयुद्ध र यो परिवर्तन यसै सम्भव भएको होइन, यो क्रान्तिकारी विचारद्वार लैस पार्टी, सङ्गठन र नेतृत्वको दृढ सङ्कल्प, महान् सहिदहरूको वलिदानद्वारा सम्भव भएको हो । दिलबहादुर रम्तेलहरूको वलिदानद्वारा सम्भव भएको हो । तत्कालीन ट्रेड युनियन महासंघका उपाध्यक्ष शम्भु पौडेल सहित ३८ जना साथिहरूको शहादत, तत्कालीन महासचिव कृष्ण प्याकुरेल सहित २७ जना साथीको अपहरण एवम् हजारौँ पार्टी नेता कार्यकर्ताको वलिदानबाट सम्भव भएको हो ।’

महासंघले यस वर्षको सहिद सप्ताह कारखाना जाऔँ अभियानसँग जोडेर मनाउने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।