0 COMMENTS

वैशाख १, काठमाडौँ । सरकारले हप्तामा दुई दिन बिदा दिने तयारी गरेको छ । सार्वजनिक बिदा कटौती गरी हप्तामा दुई दिन बिदा दिने तयारी गरिएको हो ।

हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन भएमा शनिबार बाहेक आइतबार पनि सार्वजनिक बिदा हुने भएको छ । चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन जोगाउन तथा सार्वजनिक खर्चमा कटौती गर्न हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार अहिले दिइएका सार्वजनिक बिदा कटौती गरेर हप्तामा दुई दिन बिदा दिने निर्णय गरिएको छ । गृहमन्त्रीको संयोजकत्वमा एउटा कार्यदल गठन गर्ने निर्णयसमेत गरिएको छ । कार्यदललमा अर्थ, सामान्य तथा कानूनमन्त्री पदेन सदस्य रहने भएका छन् । उक्त कार्यदलले कुन–कुन सार्वजनिक बिदा कटौती गर्ने भन्ने विषयमा अध्ययन गरी कार्यविधि बनाउने भएको छ । कार्यविधि बनेपछि आइतबारदेखि बिदा दिने तयारी भएको ती मन्त्रीले बताए । उनले भने, ‘सम्भवतः बैशाखदेखि यो निर्णय कार्यान्वयय हुनेछ ।’

सार्वजनिक बिदा कटौती नगरी हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन भएमा नेपालमा धेरै नै बिदा हुने भएकोले आइतबार बिदा घोषणा गर्नुअघि सार्वजनिक बिदा कटौती गर्न लागिएको ती मन्त्रीले बताए । उनले भने, ‘कार्यविधि नबनाएरै हप्तामा दुई दिन बिदा घोषणा गर्यौं भने नेपालमा बिदै बिदा मात्र हुन्छन् । त्यसैले सार्वजनिक बिदा कटौती गरी त्यसलाई कभर गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको योजना हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।