0 COMMENTS

काठमाडौँ । लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति बेन्फिकासँग युइएफए च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगमा ३–३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको हो ।

इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ६–४ अन्तरले पराजित गरे । पहिलो लेगमा बेन्फिका घरेलु मैदानमा लिभरपुलसँग ३–१ अन्तरले पराजित भएको थियो । खेलको २१ औं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए ।  दोस्रो लेगमा भने बेन्फिकाले खेलमा फर्कन निकै प्रयास गर्यो तर, उसको पहिलो लेग हार्नु नै बेन्फिकाको लागि घातक रह्यो । दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा इब्राहिमो कोनाटेले एक गोल गरे ।

अर्को क्वाटर फाइनलमा एट्लेटिको मड्रिडलाई १–० अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी पनि सेमिफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि लिभरपुलले स्पेनिस क्लब भिल्लारियलसँग खेल्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।