0 COMMENTS

वैशाख १, काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआइजी केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको स्रोतले बतायो ।

केसी तीस वर्षे सेवा अवधिका कारण १९ दिनपछि अवकाशमा जानेछन् । १९ दिनपछि सशस्त्र प्रहरी महानिरीक्षक जो बन्छन् उनी चार वर्ष पदमा रहनेछन् । अहिले डिआइजी रहेका राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच भावी महानिरीक्षकका लागि प्रतिस्पर्धी छन् । सशस्त्र प्रहरी नियमावलीमा एआइजीबाट मात्रै आइजी नियुक्त गर्न सकिने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।