0 COMMENTS

फागुन ७, तनहुँ ।  तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आबुखैरेनी गाउँपालिका– १ गिरौनचोरको बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना भएको हो ।

मृत्यु हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । दुर्घटनामा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।