0 COMMENTS

फागुन ७, काठमाडौँ । अजित मिजारको हत्यारालाई कारवाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित सङ्गठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’ माथि प्रहरीले हस्तक्षेप गरी ५० जनाभन्दा बढी दलित नेताहरूलाई गरेको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोर भत्र्सना गरेको छ । पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा गिरफ्तार गरिएका दलित मोर्चाका नेता कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न जोडदार माग गरिएको छ ।

वक्तव्यमा गिरफ्तार हुनेहरूमा एकीकृत दलित मुक्ति मोर्चा, नेपालका केन्द्रीय संयोजक दर्शन नेपाली, सहसंयोजक टेकबहादुर वि.क., राम नेपाली, शोभा विश्वकर्मा, विरेन्द्र सुनार, कृष्ण सेवालगायत हुनुहुन्छ । त्यसैगरी अन्य सङ्गठनबाट दलमर्दन कामी, दुर्गा बराइली अर्जुन, प्रमिता, रबिना परियार, दिलिप बि.क. रहनु भएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।