0 COMMENTS

माघ २९, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले जनयुद्ध दिवसको सन्दर्भ एंव मिसन एभ्रिडे अभियान अन्तरगत बिद्यालयलाई खेलकुद सामाग्री तथा स्टेशनरी बितरण गरेको छ । क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय कार्यालय सदस्य तथा अखिल(क्रान्तिकारी)का पूर्व नेता रवि पाण्डेयको जन्मदिनको अवसरमा बर्दघाट–४ दिब्यनगरस्थित नव दिब्यज्योति आधारभुत बिद्यालयलाई क्रान्तिकारीले आइतवार खेलकुद सामाग्री तथा स्टेशनरी प्रदान गरेको हो ।

पुरानो संस्कृतिलाई हटाएर नयाँ जनसंस्कृतिमा रुपान्तरण गर्नु आवश्यक रहेकोले संगठनले पूर्व नेताको जन्मदिनको अवसरमा रचनात्मक कार्यक्रम सम्पन्न गरेको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी गराउनुभयो । उहाँले अखिल(क्रान्तिकारी)ले शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाई लक्षित गरेर जिल्लामा मिसन एभ्रीडे अभियान संचालन गरिरहेको उल्लेख गर्नुभयो । दिब्यज्योति बहुमुखी क्याम्पसका स्वतन्त्र बिद्यार्थी युनियनका सचिव रहनुभएका सापकोटाले बिद्यार्थी संगठनले राजनीति मात्र नगरेर समाज रुपान्तरणलाई जोड दिनुपर्ने आवश्यकता बोध गरेर रचनात्मक कार्यक्रम गरेको चर्चा गर्नुभयो । बिकृति बिसंगति तथा भष्ट्राचारका बिरुद्ध क्रान्तिकारीले अभियान संचालन गरेको उहाँको भनाई छ ।

कार्यक्रममा उक्त बिद्यालयको संस्थापक प्रधानाध्यापक रहनुभएका रवि पाण्डेयले समाज रुपान्तरणका लागि नयाँ कामको शुरुवात युवा पंक्तिबाट हुनुपर्ने औल्याउनुभयो । उहाँले अखिल(क्रान्तिकारी)ले सार्वजनिक शिक्षाको सुधारका लागि ल्याएका हरेक योजनालाई आफूले सकारात्मक रुपमा लिएको बताउदै त्यसमा आफ्नो साथ र सर्मथन हुने जानकारी दिनुभयो । उहाँले सार्वजनिक क्षेत्रको शैक्षिक सवालहरुमा सामुदायिक बिद्यालय र अखिल (क्रान्तिकारी) संगसगै रहेको आफूले पाएको बताउदै शैक्षिक सुधारका काममा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक समेत रहनुभएका पाण्डेले बिद्यार्थी संगठन भनेको समाजको अगुवा संगठन रहेको चर्चा गर्नुभयो । आफूले पढाएको बिद्यालयमा फरक भुमिकामा समेत सहयोग गर्न पाउदाँ खुसी लागेको बताउदै आफ्नो तर्फबाट बिद्यालयलाई सधै साथ रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बिद्यालयको प्रधानाध्यापक सरस्वती भट्टराईले मिसन एभ्रीडे अभियान अन्तरगत सार्वजनिक शिक्षा सुधारका लागि क्रान्तिकारीले ल्याएको कार्यक्रमहरु राम्रो रहेको बताउनुयो । उहाँले बिद्यालयको पूर्व सहकर्मी एंव संस्थापक प्रधानाध्यापकले जन्मदिनमा बिद्यालय र बिद्यार्थीले सहयोग गर्नु सिक्न लायक रहेको भन्दै सबैमा शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बाल क्लबमा अध्यक्ष सफल कालिराजले मिसन एभ्रिडेमा बिद्यालय र बिद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम अखिल (क्रान्तिकारी) जिल्ला कार्यालय सदस्य तथा स्ववियु सदस्य एंव छात्रा बिभाग प्रमुख बिमला गिरीको संचालनमा भएको थियो ।

कार्यक्रममा शिक्षा प्रेमी तथा पूर्व शिक्षक क्षेत्र बहादुर थापा क्षेत्री , गणेश बहादुर ढकाल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्रुधन कुंवर, बिद्यालय ब्यवस्थापन समिति सदस्यद्वय ऋषि पौडेल र मुक्तमाया महतो, क्रान्तिकारी युवा संगठन जिल्ला संयोजक तथा बिद्यालयका पूर्व बिद्यार्थी तरुण श्रीस मगरको आतिथ्यता थियो । सो अवसर बिद्यालयलाई फुटवल,ब्याडमिन्टन,स्किपीङ,लुडो,अल्फाबेट बल र बिद्यार्थीहरुलाई कापी कलमलगायतका शैक्षिक सामाग्रीहरु प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।