0 COMMENTS

माघ २०, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले भष्ट्राचारी बिरुद्ध सङ्घर्षको उठान गर्ने जनाएको छ । सो पार्टीको शनिवार बर्दघाटमा सम्पन्न जिल्ला संगठन समितिको चौथो पुर्ण बैठकले जिल्लामा भएका भष्ट्रचारका बिरुद्ध स्थानीय संर्घषका कार्यक्रम तय गरेको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिनुभयो ।
 पार्टीको जिल्ला बैठकले माघ २१ देखि चैत्र २४ सम्मको संघर्षको खाका बनाएको उहाँको भनाई छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले सो बैठकमा पालिका ईन्चार्ज तथा संयोजकहरुले कार्यक्षेत्रको रिर्पाेट राखेको र उक्त रिर्पाेट तथा पार्टी केन्द्र एंव प्रदेशका योजना समाबेश गर्दै स्थानीय संर्घषका कार्यक्रम तय गरिएको जानकारी गराउनुभयो ।

बैठकले पार्टी केन्द्रीय कार्यालय तथा माघ ३ गते बसेको पार्टीको संघर्ष परिचालन समितिको बैठकका निर्णयहरु कार्यान्वयन गर्दै स्थानीय र प्रादेशिक आन्दोलनहरु उठान गर्दै जाने उहाँको भनाई थियो । त्यसैगरी जिल्लाको सापेक्षतामा कार्यक्रम तालिका समेत बनाइएको सह संयोजक गणेश बहादुर ढकालले बताउनुभयो । तालिका अनुसार माघ २१ गते देखि फागुन ७ गते सम्म पालिका कमिटी तथा जनबर्गीय मोर्चा संगठनका जिल्ला बैठक हुने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै माघ मसान्तका दिन जनयुद्ध दिवसको अवसरमा जिल्लाभर दिपावली गर्ने, फागुन १ गते जनयुद्ध दिवस मनाउने, फागुन २ देखि १३ सम्म जनयुद्धकै सन्दर्भमा विभित्र रचनात्मक कार्यक्रम गर्ने, फागुन १४ देखि २१ सम्म शहिद सप्ताह कार्यक्रम मनाउने, शहिद परिवार, बेपत्ता परिवार, घाइते योद्धाहरुसँगको भेटघाट, सम्मान, लगायत विविध कार्यक्रमहरु गर्ने, चैत्र २४ गते काठमाण्डौ केन्द्रित गर्न “काठमाण्डौ जाऔ”अभियान अन्तरगत सबै पालिकाहरुमा तालिका बनाई कोण सभाहरु गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।