0 COMMENTS

माघ १७, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले शैक्षिक संस्थामा राखिएका अनुशासन इन्चार्जहरूलाई हटाउन माग गरेको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा ४ बुँदे ज्ञापनपत्र पेश गर्दै सङ्गठनले डिआईहरू हटाउन माग गरेको हो ।

सामुदायिक तथा नीजि बिद्यालयहरूमा डिआईको नाममा दण्डहीनता बढेको भन्दै क्रान्तिकारीले दण्डविहीन शिक्षण सिकाईमा जोड दिएको सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार ज्ञापन पत्रमा बर्दघाट नगरपालिकका सेनेटरी प्याडमा भएको अनियमितताको छानबिन गर्नुपर्ने, सरकारी कर्मचारी तथा जनप्रतिनिधिका सन्तानलाई सामुदायिक बिद्यालयमा पढाउने ब्यवस्था हुनुपर्ने र सङ्गठनले बिगतमा राखेका मागहरू पूरा गर्नुपर्ने माग समाबेश गरिएको छ । ज्ञापनपत्र बुझ्दै बर्दघाट नगरपालिका शिक्षा शाखा प्रमुख एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज पन्थीले सङ्गठनले राखेका जायज मागलाई देखिने गरेरै पूरा गर्ने प्रतिबद्धता जनाए ।

यस अघि २०८० बैशाखमा सुनवल नगरपालिकामा सङ्गठनले यस्तै प्रकारको मागहरू राखेको र सुनवल नगरपालिकाले सरकारी कर्मचारी तथा जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने व्यवस्था सहितको कानुन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।