0 COMMENTS

पुस २८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सल्लाहकार समिति सदस्य तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको सडक दुर्घटनामा परी असामयिक र दुःखद् निधन भएको छ । पुस २७ गते राति करीव १०:३० बजेतीर दाङको भालुबाङस्थित राप्ती नदीको पुलमा भएको बस दुर्घटनामापरि इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको निधन भएको हो ।

प्रा.डा. ताराकान्त पाण्डेय एक जना ख्यातीप्राप्त माक्र्सवादी समालोचक, सौन्दर्यशास्त्री तथा चिन्तक हुनुहुन्थ्यो । इच्छुक प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर ताराकान्त पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य, अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्य तथा नेपाल राष्ट्रिय प्रध्यापक संघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

केन्द्रीय पार्टी स्कुलिङ विभागका सदस्यसमेत रहनु भएका प्र.डा. पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा प्रशिक्षकको रुपमा सहभागी भएर फर्किने क्रममा उहाँ सवार बस दुर्घटनामा परी दुर्घटनास्थलबाट नजिकको लमही अस्पत्ताल लैजाने क्रममा बाटैमा उहाँको निधन भएको हो ।

२०१७ असोज ८ गते रुपन्देहीमा जन्मेका पाण्डेय २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सक्रय हुनुहुनथ्यो । उहाँका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित छन् । उहाँले ‘आलोचना’, ‘कलम’ जस्ता साहित्यिक पत्रिकासमेत सम्पादन गरिहरनु भएको थियो । वि.सं २०५७ सालको पारिजात सिर्जन पुरस्कारबाट सम्मानित प्र.डा.पाण्डेयका श्रीमति र एक छोरी हुनुहुन्छ ।

प्र.डा. ताराकान्त पाण्डेयको आज पोष्टमार्टम गरेपछि उहाँका काठमान्डौ बाहिरका नातेदार र अमेरिका बस्दै आएका छोरीका परिवार माघ २ गते सोमवार नेपाल आइपुग्ने भएकाले ३ गते मंगलवारका दिन श्रद्धान्जली दिने र उसैदिन दाहासंस्कार गरिने जानकारी प्राप्त भएको छ ।

प्रा.डा. पाण्डेयको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाको जीवन संगीनी शीला योगी र छोरी तथा सम्पूर्ण शोक सन्तप्त परिवार तथा नातेदारप्रति गहिरो समवेदना व्यक्त गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।