0 COMMENTS

पुस २८, नवलपरासी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठन नवलपरासी बीच शनिवार बर्दघाटमा एकता भेला भएको छ । भेलाले मुक्तमाया महतो (बर्दघाट) को संयोजकत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको हो । समितिको सहसंयोजकमा जेनिशा परियार (सुनवल) रहनुभएको छ । त्यस्तै सदस्यहरुमा गौरी पोखरेल (बर्दघाट), लक्ष्मी घिमिरे (बर्दघाट) योगमाया गुरुङ (प्रतापपुर), पुतली बि.क (सुनवल), कमला थापा (बर्दघाट), सरस्वती सापकोटा (बर्दघाट) लक्ष्मी ढकाल (बर्दघाट), नमी सुनार (बर्दघाट), अबरुन निशा (रामग्राम), सफीकन निशा ( रामग्राम), पुष्पा हरिजन (सुस्ता) पुजा गौड (सुस्ता) निर्वाचित हुनुभएको छ ।

भेलाको प्रारम्भमा बामपन्थी आन्दोलनका अग्रज प्रा.डा. ताराकान्त पाण्डेयको निधन प्रति शोक ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गरिएको थियो । भेलामा मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठनको केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निमकला पुन प्रमुख अतिथि हुनुहुन्थ्यो । उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्दै पुनले क्रान्तिकारी महिला आन्दोलनको राप र तापले दलाल संसदीय ब्यवस्थाको अन्त्य गर्ने बताउनुभयो । उहाँले महिलाहरु माथि हिंसा, बलात्कार मात्र नभई बित्तीय शोषण समेत थोपरिएको उल्लेख गर्दै त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीले महिलाहरु संगठित भएर बिकृति बिसंगतिको बिरुद्ध जाईलाग्नुपर्ने औल्याउनुभयो । त्यस्तै कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले आर्थिक मन्दीको चपेटा सबै क्षेत्र परेको चर्चा गर्दै श्रमजिवी महिलाहरुलाई बैक तथा लघु बित्तले संस्थाले गरेको ज्यादतीको पार्टीले प्रतिकार गर्दै आएको बताउनुभयो । उहाँले श्रमजीवि महिलाहरु बर्गीय रुपमा एकै ठाँउ नआए सम्म महिला मुक्ति आन्दोलन अगाडि बढ्न नसक्ने चर्चा गर्नुभयो । त्यस्तै भेलामा बोल्दै क्रान्तिकारी महिला संगठनको केन्द्रीय सदस्य तथा प्रदेश सहसंयोजक बीमा भट्टराईले अन्याय, अत्याचार, दमनलाई सहन नहुने उल्लेख गर्दै महिलाहरु सधै चुलो चौकोमा नभई संगठित अभियानका समेत लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रदेश सदस्य तथा जिल्ला सह संयोजक गणेश बहादुर ढकाल, अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव दुर्गा नारायण चौधरी , क्रान्तिकारी महिला संगठनको प्रदेश सदस्य उर्मिला थापा क्षेत्री, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रदेश सदस्य रामचन्द्र पोखरेललगायतले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा जनकलाकार जयफुल्लाह हसनले महिला मुक्तिका गीत गाउनुभएको थियो । क्रान्तिकारी महिला संगठन नेपाल नवलपरासी एकता भेला आयोजक समितिको संयोजक तथा प्रदेश सदस्य मुक्तमाया महतोको अध्यक्षता, लक्ष्मी घिमिरेको स्वागत आरजु ढकालको संचालनमा भएको कार्यक्रममा क्रान्तिकारी युवा संगठनका प्रदेश सदस्य तथा जिल्ला संयोजक तरुण श्रीस मगर, शहिद परिवारका तर्फबाट गुलाबी थापा र खुसी थापा, मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य गोबिन्द बहादुर साठीघरे मगर, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बाबुराम गिरीलगायतको आतिथ्यता रहेको थियो ।

यसैबीच शनिवार नै क्रान्तिकारी महिला संगठन बर्दघाट नगर समिति गठन गरिएको छ । कमला थापाको संयोजत्वकमा गठन भएको १५ सदस्सीय नगर समितिमा गुलाबी थापा सहसंयोजक हुनुहुन्छ । नगर समिति सदस्यहरुमा माया पुन मगर, कुश्मा राना, शोभा बिक, तुलसी गुरुङ, तिल कुमारी चौधरी, सुशिला सुनार, पुजा सारु मगर, सीता श्रीस, पार्वती बि.क.लगायत रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।