0 COMMENTS

पुस २८, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी कायम भएका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । आयोगले बिहान १० देखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न प्रदान गरिने जनाएको छ ।

उम्मेदवारहरूमाथि परेका उजुरीमा छानबिन गरी आयोगले हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । जसमा लुम्बिनीमा राप्रपाका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् भने दुईजना विरुद्ध परेको उजुरीमा दाबी नपुगेको भन्दै खारेज गरिएको छ । राष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने २० मध्ये १९ सिटका लागि ५२ जनाले उम्मेदवारी दिएकोमा एकजनाले फिर्ता लिएपछि अब उम्मेदवारको संख्या ५१ रहेको छ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलबाट उम्मेदवारी परेको छ । यसमध्ये सातै प्रदेशमा महिलातर्फ १८, दलिततर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

आगामी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।