0 COMMENTS

पुस २६, सर्लाही । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै बम्जनलाई सर्लाहीबाट महोत्तरी कारागार लगिएको हो ।

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले बताए । बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।

बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जन विरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो । उनलाई पुस २४ मा काठमाडौँको प्रहरीले हात्तीगौंडाबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।