0 COMMENTS

पुस २६, काठमाडौँ । पोल्ट्री दिवसका अवसरमा पत्रकारद्वय प्रवीण जोसी र कृष्ण चापागाँई सम्मानित भएका छन् । ‘’कुखुराको मासु र अण्डाको परिकार स्वस्थ जीवनको आधार’’ भन्ने मूल नाराका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरद्वारा संचालित सप्ताहव्यापी ११औं राष्ट्रीय पोल्ट्री दिवसका अवसरमा प्रभावकारी तवरले कार्यक्रम सम्बन्धी जनचेतनामूलक समाचार तथा प्रचार सामाग्रीहरुको संप्रेषण गर्न अथक प्रयास एवं उत्कृष्ट कार्यसम्पादन गरी महत्वपूर्ण योगदान पुुर्याएवापत पत्रकारद्वय स्टार एक्सप्रेस एवं शृङ्खला मासिकका प्रधान सम्पादक प्रवीण जोशी तथा स्टार एक्सप्रेसका सम्पादक एवं नयाँ स्वाभिमानकर्मी कृष्णप्रसाद चापागाँईं सम्मानित भएका हुन् । साथै कृषि तथा पशुपन्छी विकाश मन्त्रालय अन्तर्गतका निर्देशनालय एवं मातहतका कार्यालयमार्फत कुखुराको स्वस्थ्य मासु तथा अण्डाको पौष्टिकताबारे जनचेतना अभिवृद्धि गरि यस सम्बद्ध सरोकारवाला कुखुरापालक व्यवसायीहरुलाई आर्थिक समुन्नतिमा टेवा पुर्याउने उद्देश्यले २०७० देखि निरन्तर रुपमा संचालन गरिएको राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवर्द्धनको ११औं शृंखला अन्तर्गतको कार्यक्रमलाई प्रभावकारी भूमिका निभाएकाले समापनका अवसरमा उक्त सम्मान गरिएको हो । कार्यक्रममा सम्मानित वरिष्ठ पत्रकार जोशीले हतारको साहित्य भनिने पत्रकारिताका क्षेत्रमा आफूले प्राप्त सम्मानले थप जिम्मेवारीका साथ अघि बढ्न प्रेरित गरेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर, काठमाडौँकी प्रमुख शर्मिला चापागाँईले सरकार र सरोकारवाला पक्ष एउटै डुङ्गामा यात्रारत रहेपनि कतिपय कुरामा कार्यान्वयन पक्षमा जटिलता उत्पन्न रहेको जनाउँदै कुनै पनि दिवस साङ्केतिक रुपमा मनाउने भएतापनि यसलाइ निरन्तरता दिन सकेमा लक्ष्य हासिल गर्न सहज हुने विचार व्यक्त गर्नुुभएको थियो ।

कार्यक्रमका भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र, ललितपुरका प्रमुख, बरिष्ठ पशु विकास अधिकृत डा.राम प्रकाश प्रधानले अन्तरक्रिया कायक्रममा अभिव्यक्त भएका जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै कतिपय नीतिगत कुरामा कार्ययोजना बनाउनका लागि तीनै तहका सरकारलाई सुझाव दिएर सहकार्य गर्न प्रभावकारी भूमिका खेल्ने बताउँदै दिवसका क्रममा मात्र नभई आफ्नो क्षेत्रबाट इमान्दारीताका साथ चौपाया पशुहरुमा भ्याक्सिन लगाउन शुरवात गरि १७ हजार पशुमा भ्याक्सिन लगाई सकिएको बताउंँदै कतिपय सुझावलाई दुग्ध दिवसका क्रममा समन्वय र कार्यान्वयन गरिने बताएका छन् । साथै कार्यक्रममा डा. प्रधानले कार्यपत्र प्रस्तुत गर्दै बागमती प्रदेश अन्तर्गत काठमाण्डौ,भक्तपुर र ललितपुरका ३ जिल्ला २१ स्थानीय तहमा मात्रै कुल मासु उत्पादन ६२,६८,५०८ के.जी.रहेकोमा हाँस र कुखुराको मासु उत्पादनको हिस्सा २७,२६,८०० के.जी. ओगटेको तथ्यांक प्रस्तुत गर्दै अण्डा उत्पादनको मात्रा १७,५३,८३,५०६ गोटा रहेको जानकारी गराउँदै कार्यक्रम सफल पार्न विविध कार्ययोजना बनाई ८ सामुदायिक विद्यालयका २४११ विद्यार्थीहरुलाई ७,६२० सरकारी अस्पतालका ६६ विरामीलाई २१०, २ वटा इट्टा उद्योगका २६५ मजदुरलाई १४०० तथा २ बृद्धाश्रमका ५५ विरामीलाई ४२० गरि उक्त कार्यक्रमबाट जम्मा २७९७ व्यक्ति लाभान्वित भएको र ९६५० गोटा अण्डा वितरण गरिएको जानकारी गराउनु भयो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तालिम केन्द्र, ललितपुरका निमित्त प्रमुख बासुदेव नाथले आगामी दिनमा पशुपालक किसानको उत्थानका लागि साताव्यापी रुपमा मात्रै नभई सधैंभरी सहकार्य, समन्वय, निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुु भएको थियो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका पशुसेवा शाखा प्रमुख प्रमुख बद्रीनाथ पौडेल,गोदावरी नगरपालिकाका पशुसेवा शाखा प्रमुख प्रमुख ईश्वरप्रसाद घिमिरे चाँगुनारायण नगरपालिका पशुसेवा शाखा प्रमुख प्रमुख खड्क कुमार मैनाली, बागमती गाऊँ पालिकाका पशुसेवा शाखा प्रमुख प्रमुख रामप्रसाद अधिकारीले अन्तरक्रियामा भाग लिदैँ स्वस्थ मासु तथा अण्डा सेवनका क्रममा पशु स्वास्थ्य अवस्था लगायत भ्याक्सिनेसनका प्रभाव र असरका बारेमा ध्यान दिनुपर्ने बताउँदै आगामी कार्यक्रम थप प्रभावकारी बनाउनका लागि सुझाव दिनुु भएको थियो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तालिम केन्द्र, ललितपुरका प्राविधिक अधिकृत होमबहादुर थापाले स्वागत मन्तव्यका क्रममा स्वास्थ्य जीवनयापनका लागि स्वस्थ मासुका परिकार तथा अण्डाको प्रयोगमा व्यापक जनचेतनमा अभिवृद्धि गर्न सक्दो प्रयास गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको बताउनु भएको थियो । कार्यक्रमको संचालन सोही कार्यालयका अधिकृत कृष्ण कार्कीले गर्नुभएको थियो ।

उक्त कार्यक्रम भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र, ललितपुरका प्रमुख डा. राम प्रकाश प्रधानको अध्यक्षता तथा केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर, काठमाडौँका डा. शर्मिला चापागाँईको प्रमुख आतिथ्यता एवं भेटेरिनरी अस्पताल तालिम केन्द्र, ललितपुरका निमित्त प्रमुख वासुदेव नाथ एवं नेपाल भेटेरिनरी एसोसिएशनकी केन्द्रीय सदस्य मलिशा श्रेष्ठ लगायत उपत्यकाका २१ पशुसेवा शाखाका प्रतिनिधिको सहभागीतामा सम्पन्न भएको थियो ।

यहि पौष १७ देखि २४ सम्म चलेको साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन नमुना मच्छिन्द्र माध्यमिक विधालय, लगनखेल हुँदै क्रमश्ः मध्यपुर थिमि नगरपालिका–८ स्थित बोडे माध्यमिक विधालय तथा सोही ठाउँमा रहेको श्री द्योमां जगत बृध्दाश्रम, मानसिक अस्पताल लगनखेल, का साथै ललितपुर महानगरपालिका–२८, हरिसिद्धि स्थित त्रिशक्ति इट्टा उद्योगका श्रमिक लगायत कर्मचारीका साथै काठमाडौं पञ्चकन्या माध्यमिक विधालय, बुढानिलकण्ठका विद्यार्थीका साथै टोखा नगरपालिका २ स्थित चण्डेश्वरी माध्यमिक विधालय, गोदावरी नगरपालिका स्थित श्री चण्डीदेवी आधारभूत विद्यालय, डुकुछापका विद्यार्थीहरुको पोषण सुधारका निमित्त अण्डा वितरण गरि मासु र अण्डाको पौष्टिकताका महत्वबारे प्रकाश पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।