0 COMMENTS

पुस २६, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुनेबारे दोधारमा नपर्न आग्रह गरेको छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले चैतको पहिलो हप्ता परीक्षा हुने भएकाले दोधारमा नपर्न र परीक्षा नहुने हल्ला नगर्न आग्रह गरेका हुन् । उनले वार्षिक क्यालेन्डर अनुसार माघको पहिलो हप्ता रुटिन निकालेर चैतको पहिलो हप्ता परीक्षा हुने स्पष्ट पारे ।

संसदमा छलफलका क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने/नहुने अन्योल रहेको थियो । तर अध्यक्ष शर्माले समितिमा छलफल भइरहेको विधेयकले परीक्षामा कुनै असर नगर्ने बताए । उनले श्नपत्र तयार पार्ने र रुटिन निकाल्ने काम बोर्डले गर्ने र व्यवस्थापन प्रदेशले गर्ने बताए । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन भइरहेकाले त्यहाँ पनि समयमै परीक्षा हुने शर्माको भनाइ छ । यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने पनि बोर्डले स्पष्ट पारेको छ ।

यसअघि एसईईमा ग्रेडिङ सिस्टम रहेकोमा अब भने पुरानै नियम जसरी हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ, ३५ ल्याउन नसक्नेले फेरि परीक्षा दिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।