0 COMMENTS

पुस २६, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले आज एक विज्ञप्ति जारी गरी उनलाई निलम्बन गरेको हो । अब क्रिकेटर सन्दीपले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

जिल्ला अदालत काठमाडौँले सन्दीपलाई बलात्कार मुद्दामा कसुर कायम गरी ८ वर्ष कैद सजायका साथै ३ लाख रुपैयाँ जरिवाना र २ लाख क्षतिपूर्ति भराउने आदेश गरेकाले निलम्बन गरिएको क्यानले जनाएको छ ।

क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदैछौं ।’

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछाने विरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो ।  ५ भदौमा बानेश्वरबाट एक युवतीलाई नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको आरोपमा अदालतले सन्दीलाई दोषी ठहर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।