0 COMMENTS

पुस २६, नवलपरासी । जनगणतन्त्र स्थापनाको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले पुत्ला दहन गरेको छ । संसदीय ब्यवस्था दलालमा परिणत भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले संसदीय ब्यवस्थाको भण्डाफोर गर्दै पुत्लादहन गरेको हो ।

बर्दघाट नगरपालिका–२ चिसापानी चोकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले दलाल संसदीय ब्यवस्थाको खारेजीको माग गर्दै पुत्ला जलाएको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीले जानकारी गराउनुभयो । प्रर्दशनकारीहरुले दलाल संसदीय ब्यवस्था मुर्दावाद, जनगणतन्त्रको स्थापना गरौ, बित्तीय शोषण अन्त्य गर जस्ता दर्जनौ नारा लगाएका थिए ।

पुत्लादहन कार्यक्रम पछि आयोजित कोणसभामा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य रवि पाण्डेयले दलाल संसदीय ब्यवस्थाले जनतालाई समृद्धि होइन रोटी माग्दा गोली दिएको बताउनुभयो । उहाँले संसदीय ब्यवस्थाको मिति पुगिसकेको दावी गर्दै जनताको अवस्था बदल्न ब्यवस्था बदल्नुपर्ने औल्याउनुभयो । सो पार्टीका जिल्ला संयोजक समेत रहनुभएका उहाँले संसदीय ब्यवस्था भष्ट्रचार कमिशनखोरहरुको अखडा भईसकेकोले जनगणतन्त्र स्थापनाको बिकल्प नभएको चर्चा गर्नुभयो । जनता बित्तीय शोषणको चर्काे मर्कामा परेकोले अब मिसन चौरासी नभई मिसन टुडे आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा जिल्ला सहयोजक गणेशबहादुर ढकाल, प्रदेश सदस्यहरु दुर्गा नारायण चौधरी, रामचन्द्र पोखरेल, सुर्य प्रसाद सापकोटा र न्युक्लियस, पार्टीका जिल्ला सदस्य लालु गिरी, मगर मोर्चाका जिल्ला संयोजक गोबिन्द बहादुर साठीघरे, क्रान्तिकारी महिला संगठनका जिल्ला संयोजक मुक्त माया महतो, नेतृहरु गौरी पोरखेल, कमला थापा, शान्ति गुरुङ, क्रान्तिकारी प्रेस संगठनकी लक्ष्मी घिमिरे, अखिल (क्रान्तिकारी) की आरजु ढकाल, पूर्व संयोजक संसार, मन बहादुर गुरुङ लगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन पार्टीका प्रदेश सदस्य रामचन्द्र पोखरेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।