0 COMMENTS

पुस २२, काठमाडौँ । कोरियाको लागी ईपिएस फारम भर्ने सम्बन्धको विषयमा बालकुमारीमा राज्यद्वारा गोली हानी दुई जना युवाहरुको हत्त्या गरेको विरोधमा पार्टीको घोषित कार्यक्रम अन्तर्गत शुक्रबार भक्तपुरको दुधपाटीको दुइपोखरी चोकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरको आयोजनामा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संचालन पार्टी जिल्ला संयोजक रोजन रखालले गर्नु भएको थियो भने उक्त कार्यक्रमलाई पार्टी जिल्ला सहसंयोजक श्रीकृष्ण सुलु र जिल्ला इन्चार्ज सारदा महतले सम्बोधन गर्नु भएको थियो ।

सम्बोधनको क्रममा सहसंयोजक श्रीकृष्ण सुलुले जनताको जनवादी व्यवस्थाले मात्रै देश र जनताको समस्या समाधान गर्न सकिन्छ, अहिलेको व्यवस्थाबाट सम्भव छैन भन्दै जनतालाइ संघर्षमा आउन अपिल गर्नु भयो । त्यसैगरी इन्चार्ज सरदा महतले देशी बिदेशी दलालहरु र साम्राज्यवादी शक्तिहरुले देशको सम्पुर्ण श्रोतहरु कव्जा गरेको र दलाल शासकहरुले देशका युवाहरू बेचेर जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्कर गरेर, सुन तस्कर गरेर आफ्नो लुटपाटको सत्ता टिकाउने कोसिस गरि रहेको बताउनु भयो । त्यसैगरी कार्यक्रम संचालक संयोजक रोजनले बालकुमारीको हत्या त देखिने गरि सरकारले गरेको हत्या हो भने नदेखिने गरि सरकारले गरेको हत्या दैनिक पाँच जना भन्दा बढि लासको बाकस एरपोर्ट्मा जनताले बुझ्ने गरेको तथ्य राख्नु भयो ।

यो संसदीय व्यवस्थाको विकल्पको रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले तात्कालिक कार्यनीतिक श्रृङ्खला अगाडि सारेको बताउँदै बृहत राजनीतिक सम्मेलनबाट क्रान्तिकारी संयुक्त मोर्चा निर्माण गर्ने र त्यो मोर्चाले गर्ने संघर्षको बलमा यो दलाल संसदीय पुजीवादी व्यवस्थाको अन्त्य र अस्थायी संयुक्त सरकारको निर्माण गर्ने छ र त्यो अस्थायी संयुक्त सरकारले जनवादी व्यवस्थाको कार्यभार पूरा गर्दै जनसंविधान घोषणा गर्ने र बैज्ञानिक समाजवादको बाटोमा मुलुकलाई अघि बढाउने ठोकुवा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।