0 COMMENTS
पुस २२, बर्दिया । विभिन्न पार्टीबाट विद्रोह गर्दै ५२ जना नेताकार्यकर्ताहरू मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा शनिबार ध्रुवीकरण भएका छन् । नेपालमा अबको बिकल्पको रूपमा एक मात्र पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भएको निष्कर्षमा पुगेका ५० जनाले विभिन्न पार्टीबाट विद्रोह सुरू गरेका हुन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दियाको जिल्ला समितिद्वारा बर्दियाको मधुवन नगरपालीकामा आयोजित एक धुर्वीकरण कार्यक्रमका बीचमा उनीहरूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय ६ नम्बर प्रदेश इञ्चार्ज सङ्गम पार्टीका बर्दिया जिल्ला इन्चार्ज कमरेड शक्ति, जिल्ला संयोजक कमरेड दिलमान लगाएत समग्र जिल्ला पार्टीले धुर्वीकृत भएकाहरूलाई स्वागत गरेको छ ।
बर्दियामा विभिन्न पार्टीबाट विद्रोह गर्दै मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा धुर्वीकृतहुनेहरूको संख्या बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।