0 COMMENTS

पुस २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’ का नाउँमा भारतीय दूतावासले नेपालमा २० करोडसम्मका परियोजना आफूखुसी बाँड्न सक्ने भनी गरिएको सम्झौता गम्भीर राष्ट्रघाती सम्झौता भएको भन्दै घोर विरोध गरेको छ । बिहीबार प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्य जारी गर्दै उक्त सम्झौता राष्ट्रघाती भएको भन्दै घोर विरोध गरेका हुन् ।

पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, “पञ्चायती कालबाटै शुरुवात भएको यो गलत प्रक्रियालाई लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको सरकारले समेत निरन्तरता दिनु घोर आपत्तिजनक छ । यो नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको सार्वभौम अधिकारमाथिको ठाडो आक्रमण हो ।”

वक्तव्यमा उक्त सम्झौता फिर्ता गरी आम नेपाली जनतासँग माफी माग्न सरकारलाई भनिएको छ । र, भनिएको छ, “१९५० को असमान सन्धि, लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ताका सीमा समस्या लगायत सम्पूर्ण समास्याहरु समाधान गर्न नयाँ शिराबाट सहमति हुनु पर्दछ । अन्यथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रघाती सन्धि सँझौताका विरुद्ध संघर्ष अगाडि बढाउने र त्यसबाट उत्पन्न परिणामका लागि वर्तमान सरकार जिम्मेवार हुने जानकारी गराउन चाहान्छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।